कर्पोरेट

खुकुरी म्युजिक नेसनका उत्कृष्टका कलाकार छान्न भोटीङ खुला

इकागज |
पुस २१, २०७७ मगलवार १७:२४ बजे

काठमाडौंः खुकुरी म्युजिक नेशनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल साङ्गीतिक प्रतियोगिता शुरुवात् गरेको छ । यो भर्चुअल प्रतियोगिताले नेपाली साङ्गीतका उदयमान प्रतिभाहरुलाई सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । यस प्रतियोगितामा सहभागिता जनाउन आवेदन दिएकाहरु मध्येबाट शीर्ष १६ मा स्थानजमाउन सफल भएका प्रतियोगीहरुको नाम गत जनवरी १ तारिखमा खुकुरीको आधिकारिक युट्युब च्यानल र डिस होममा प्रदर्शित अनलाइन कन्सर्टको दौरानमा सार्वजनिक गरिएको थियो । यसपश्चात् दर्शक एवं प्रसंशकले आफ्नो मनपर्ने कलाकारलाई खुकुरी म्युजिक डट कम मा गएर भोट गर्न सक्नेछन् । शीर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राई सहितको निर्णायक मण्डलले गरेको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले प्रतियोगिताको लागि उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो आधिकारिक वेबसाइट खुकुरी म्युजिक डट कममा अपलोड सम्मिलित गराएका थिए । 

घोषित शीर्ष १६ प्रतियोगीहरु ऋनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुषाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ्ग, सागर राई, सन्तोष घले, उमितश्रेष्ठ, सबिन मगर, राजु गुरुङ्ग, दर्शिका रेग्मी, कुसुम गिरी, अशिमथापा, र जिग्मे बाङचुक रहेका छन् । प्रतियोगिताको लागि नेपालभित्र रहेका र नेपालबाहिर बसेका नेपालीहरुले सहभागिता जनाएका थिए ।
 



Author

थप समाचार
x