कर्पोरेट

जाडोसँगै एलजी एसीको माग बढ्यो

इकागज |
पुस २३, २०७७ बिहीबार १७:४३ बजे

काठमाडौं : जाडोयाममा एलजीको एसीको माग बढेको छ । एल.जी. ब्राण्डका एसीमा डुएल इन्भर्टर छ । 

यसमा थ्रिएम प्रोटेक्सन फिल्टर छ, जसले अनावश्यक प्रदुषकहरु फिल्टर गर्दछ र हावामा रहेको धुलो कणहरु, हावामा रहेको एर्लजि हटाउछ र वातावरणलाई स्वस्थ्य पार्दछ । 

एज.जी को एसीमा वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ, जसले कुशलतापुर्वक गर्मी प्रदान गर्छ  साथै विजुली खपत पनि कम गर्ने कम्पनीले जानकारी दिएको छ । 
एल.जी.को एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । साथै यस एसीमा १० वर्षको वारेन्टी पनि छ ।  एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्राली छ । 



Author

थप समाचार
x