कर्पोरेट

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा सुरु, कागजपत्र तथा निवेदन बिना नै लिन सकिने

इकागज |
फागुन ५, २०७७ बुधबार ११:४३ बजे

काठमाडौँ : लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा सुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले दुई लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । 

कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन । ऋणीले कर्जा प्राप्त गर्नका लागि बचतकर्ताले बैंकसँग गरेको कारोवारका आधारमा कर्जा उपलब्ध गराइने छ । कर्जाको अवधि ३० दिनसम्मका लागि निर्धारण गरिएको छ । 


कर्जाको माग डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ । कर्जा पूर्व स्वीकृत हुने हुँदा कर्जाको रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने बैंकले जनाएको छ । रासस


Author

थप समाचार
x