कर्पोरेट

लक्ष्मी बैंक सम्मानित

इकागज |
कात्तिक १६, २०७७ आइतबार १६:२४ बजे

काठमाडौं : लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडीबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मान प्राप्त गरेको छ ।

ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।


४८ जिल्लामा सञ्जाल रहेको लक्ष्मी बैंकको १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन् । 


Author

थप समाचार
x