कर्पोरेट

नेपाल भित्रियो हुन्डाई भेन्यू आईएमटी र  हुन्डाई भेन्यू १.२ एस+

इकागज |
चैत २, २०७७ सोमबार १३:४७ बजे

काठमाडौँः हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र  हुन्डाई भेन्यू १.२ एस+सार्वजनिक गरेको छ ।

हुन्डाई भेन्यू आईएमटी   र  हुन्डाई भेन्यू १.२ एस+२ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने यसको आधिकारित बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । यी दुई सवारीसाधन १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजि जसको ८३ पीएस/६००० आरपीएमको सर्वाधिक पावर रहनेछ, तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको सर्वाधिक पावर १२०/६००० आरपीएमको रहेको छ । 


बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा दह्रो उपस्थिति जनाउने यसको आधिकारिक बिक्रेता कम्पनीको अपेक्षा रहेको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल्स भएका विद्युतले मिलाउन सकिने रिअर मिरर,  इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सज्जित छ । यसको आर १५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू १.२ एस+ मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेकट सहितको एलइडी डीआरएल लाइट जस्ता विशेषता रहेका छन् ।

इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ्ग अनुभव गर्न पाइने कम्पनीले उल्लेख गरेको छ । उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी   र  हुन्डाई भेन्यू भेन्यू १.२ एस+ मा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता विशेषता रहेका छन् ।  हुन्डाई भेन्यू आईएमटी   र  हुन्डाई भेन्यू १.२ एस+ थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ । भेन्यू १.२ एस+ मा पनि उच्च उर्जा दक्षता कायम भएको उल्लेख छ । 

भेन्यू १.२ एस+ को मूल्य ४४ लाख ५६ हजार रुपैयाँ र हुन्डाई भेन्यूू आईएमटी ४४ लाख ९६ हजार रहेको छ ।  
 


Author

थप समाचार
x