कर्पोरेट

धनगढीमा शाओमीको सर्भिस सेन्टर

इकागज |
चैत ८, २०७७ आइतबार १२:१२ बजे

काठमाडौँः शाओमीले धनगढीमा आफ्टर सेल्स सर्भिस सञ्चालनमा आएको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्समा सञ्चालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौँमा छन् । 

ब्राण्डको रूपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरू प्रदर्शन गरिरहेको र नेपालमा आफ्टर सेल्स् सर्भिस सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ । 


‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्‍याउन  केन्द्रित छौं,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । र, हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’ 

यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कोठारीले बताए । धनगढीको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्नेे अवसर प्रदान गरेको शाओमी नेपालले उल्लेख गरेको छ । 

यो सर्भिस सेन्टर उद्घाटनको अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निःशुल्क सर्भिसिङ्ग प्रदान गर्ने जनाएको छ । 
 


Author

थप समाचार
x