'आर्टिफिसियल इन्टेलिजेन्स' उपकरणको संरचनामा परिवर्तन गर्दै रियलमी
काठमाडौँः छोटो समयमा विश्वभर तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले नेपालमा ‘५जी’ नेटवर्कमा छलाङ मार्ने गरी आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको संरचनामा परिवर्तन गर्ने भएको छ । रियलमीले दैनिक आवश्यकतालाई एकै थलोमा जोड्ने गरी स्मार्टफोनका साथ सम्पूर्ण प्रकारको अडियो, वेयरेबल (धारणीय उपकरण) र स्मार्ट टिभी यसै वर्ष देशभरका ग्राहकहरूमाझ पु¥याउने लक्ष्य राखेको जनाएको छ ।
‘चुनौतीदेखि उन्नति’ सम्मको नारालाई अझ व्यापक गर्ने गरी नेपालमा स्मार्ट फोनको क्षेत्रमा अहिलेको उपलब्धतालाई व्यापक बनाउने गरी रियलमीले स्मार्टफोन ग्राहकको शीर्षस्थानमा आफूलाई उभ्याउने लक्ष्य लिएको बताएको छ । ‘१+४ +एनउत्पादन रणनीति, बजारमा उत्कृष्ट प्रविधिको विकास र युवा पुस्तालाई सशक्तिकरण गर्ने महत्वकांक्षी योजनाका साथ रियलमी अघि बढिरहेको छ,’ रियलमीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया