शाओमीले बाँड्यो डीएसए स्कुललाई शैक्षिक सामग्री
काठमाडौं : शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरेका हुन् ।
शाओमीले आफू सञ्चालनमा रहेको समुदायको सेवका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गरिरहेको छ । शाओमी नेपाल टिमले डीएसएका विद्यार्थीहरुलाई ल्यापटप, किट, झोला, जुत्ता, किताबहरु वितरण गरे पछि डिएसएका विद्यार्थीहरुका मिठामिठा गीत÷संगीतहरु सुनेर, उनीहरुले नै बनाएका सुन्दर चित्रहरु हेर्दै र उनीहरुकै रमाइला कथाहरु सुनेर समय बिताएका थिए ।
शैक्षिक सामग्री वितरणका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी सदैव आफू संचालन रहेको समुदायको सेवाका लागि तयार छौं । व्यवसाय गर्नुका साथै हामी हाम्रो समुदायप्रतिको जिम्मेवारीका बारेमा सचेत छौं । आगामी दिनहरुमा पनि हामी समुदायलाई विभिन्न माध्यमबाट सहयोग गर्नेछौं ।मलाई विश्वास छ कि हाम्रा साना सहयोगहरुले निकट भविष्यमा सकरात्मक परिणामहरु उत्पन्न गर्नेछ ।‘
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया