कर्पोरेट

रोलिङ प्लान्सले ल्यायो बहुउद्देश्यीय अनलाइन सेवा

इकागज |
चैत ९, २०७७ सोमबार १२:४ बजे

काठमाडौं : रोलिङ प्लान्स प्राइभेट लिमिटेडले बहुउद्येश्यीय अनलाइन सेवा सुरु गरेको छ । कम्पनीले ईकमर्शसँगै विभिन्न सुविधासहितको व्यवसायिक पोर्टल सार्वजनिक गरेको हो । 

६ महिना लामो सफल परिक्षण पछि रोलिङ नेक्सस डट कमको औपचारिक सुरुवात गरेको हो । ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको मुल नारा 'नयाँ सम्भावनाहरुको सञ्‍जाल' लिएको छ । यो सञ्जालको अवधारणालाई मुख्यत ४- ई  को सिद्धान्त अनुरुप सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । 

रोजगारी, उद्यमशीलता, सशक्तीकरण र संलग्नतालाई उल्लेख छ । यसले रोजगारी सृजना तथा प्रवद्र्धन र तत् सम्बन्धि दक्षता अभिवृद्धिको सुविधा दिन्छ ।  पियर टु पियर सेयर्ड र गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवद्र्धन तथा व्यावसायिक वृद्धी गर्ने कम्पनीले जानकारी दिएको छ । 

महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवद्र्धन गर्ने बताएको छ । 
समान सामाजिक वा व्यवसायिक रुचि, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्म । व्यवसायिक बाहेक पनि सञ्‍जालमा खेलकुदका गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्त सामाग्रीबाट मनोरञ्जन दिने समेत कम्पनीले जानकारी दिएको छ । 



Author

थप समाचार
x