शिखर इन्स्यारेन्सको साधरणसभाद्वारा संस्थापक र सर्वधारण सेयरको अनुपात ५१:४९ पुर्याउन अनुमति
काठमाडौँः शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं र १६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।
यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । सभाले २०७७-७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६-७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संचालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत (आ.व. २०७७–७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पूँजीमा २७.७६९प्रतिशत) का दरले ३८ करोड १६ लाख ८९ हजार एकसय २७ रुपैयाँको बोनस सेयर पारित गरेको छ । यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.९ प्रतिशत (आ.व. २०७७–७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा १.४६२ प्रतिशत)का दरले नगद लाभांश दुई करोड ८८ हजार नौ सय एक रुपैयाँको वितरणको प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।
साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी चार अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ ।
प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ ।
बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूहबाट दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य निर्वाचित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया