कर्पोरेट

स्टक ब्रोकर्सको अध्यक्षमा मैनाली

इकागज |
कात्तिक २२, २०७७ शनिबार ६:५९ बजे

काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको नयाँ कार्यसमितिमा सन्तोष मैनाली निर्वाचित भएका छन् । संघको २६औं साधरणसभाले मैनालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधी भुसाल, कोषाध्यक्षमा भक्तिराम घिमिरे, सचिवमा रमणदेव पन्त र सदस्यहरुमा फणिन्द्र ढकाल, रविन्द्र प्रसाद न्हुन्छे प्रधान, मदन पौडेल, मित्रलाल श्रेष्ठ र सुयोग अधिकारी चयन भएका छन् । उक्त कार्यसमितिले शुक्रबारबाट कार्यभार सम्हालेको हो । 



Author

थप समाचार
x