कर्पोरेट

ओपो एफ १९ प्रोको नेपालमा बिक्री सुरु, मूल्य कति ?

इकागज |
चैत ११, २०७७ बुधबार १६:४१ बजे

काठमाडौं :  ओपोले नेपालमा आजबाट एफ१९ प्रोको बिक्री सुरु गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्रि खुल्ला गरेको हो । मार्च १६मा एक अनलाइन लञ्‍च इभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो ।

नेपालमा ओपोको तेस्रो अनलाईन लाइभ लञ्च ईभेन्टमा नेपाली मनोरञ्‍जन जगतका चर्चित हस्तिहरू, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक/गीतकार तथा संगीतकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक बाद्य बादन उपकरण इन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिती थियो । 

८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्यापासिटीका साथमा उपलब्ध गरिएको ओपो एफ१९ प्रोको मूल्य नेपालमा रु. ४४ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्यूइड ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

ओपो एफ१९ प्रोमा ६.४३ ईञ्च पञ्‍च(होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२एमपी फ्रण्ट फेसिङ क्यामेरा दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४८एमपी क्वाड क्यामेरा सहित ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ ।


तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २ एमपी माक्रो र २ एमपी मोनो क्यामेरा रहेका छन् । अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ । एफ १९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ ग्राम मात्र रहेको छ ।


Author

थप समाचार
x