कर्पोरेट

नबिल बैंकले ल्यायो डलरमा भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’

इकागज |
चैत ११, २०७७ बुधबार १६:५० बजे

काठमाडौं : अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आइकार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्श साइट मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन् ।

यो कार्ड लिनको लागि ग्राहकहरूको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुने छ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन् । 
 



Author

थप समाचार
x