कोभिड-१९

विदेशमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २८५ पुग्यो

पछिल्लो साता ५४४  संक्रमित, एकको निधन

इकागज |
कात्तिक २३, २०७७ आइतबार १४:३० बजे

काठमाडौँ : पछिल्लो साता विदेशमा बस्‍ने ५ सय ४४ नेपालीमा कोभिड-१९ को संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघले यो साता अष्ट्रिया र चेक रिपब्लिकमा गरी दुई देशमा रहेका नेपालीमा संक्रमण देखिएको जनाएको छ । यो सँगै विश्वभर ४४ देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् । ५ सय ४४ जना संक्रमित भएका छन् । समितिका संयोजक डा सञ्‍जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली संक्रमित भइसकेका छन् । तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली निको भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया  रहेका नेपालीमा थप संक्रमण देखिएको छ ।    


गैरआवासीय नेपाली संघले यो साता साउदी अरबमा थप एकजना नेपालीको संक्रमणले ज्यान गुमाएको जनाएको छ । विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोभिडबाट ज्यान गुमाइसकेका छन् । (रासस)


Author

थप समाचार
x