थप १६ जनामा कोभिड संक्रमण
फाइल फोटो
काठमाडौँ - नेपालमा थप १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ५७ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार २ सय २७ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २८ जना निको भएका छन् ।
हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया