कोभिड-१९

थप १३ जनामा कोभिड पुष्टि

इकागज |
जेठ २२, २०७९ आइतबार १७:२२ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टिजेन परिक्षणका क्रममा ४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।


कोभिडका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप नौ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ३७ जना निको भएका छन् ।

हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  


Author

थप समाचार
x