१२ वर्ष मुनिका बालबालिकाले असार ९ गतेदेखि कोभिडविरुद्धको खोप पाउने
फाइल तस्बिर
काठमाडौँ- सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई असार ९ गतेदेखि १५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउने भएको छ । पहिलो चरणमा २७ जिल्लामा खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दोस्रो मात्रा भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको हो ।
नजिकैको खोप केन्द्रमा वा विद्यालयमा खोप लगाउन मन्त्रालयले बताएको छ ।
दोस्रो चरणको खोप कार्यक्रम भने भदौ ५ गतेदेखि ११ गतेसम्म र दोस्रो मात्रा भदौ २७ गतेबाट असोज १ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश १ मा झापा, इलाम, मोरङ्ग, सुनसरी, मधेश प्रदेश सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्व ।
त्यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही, बाँके,दाङ, बर्दिया, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया