कोभिड-१९

थप ४ सय ३८ जनामा कोभिड संक्रमण, दुईको मृत्यु

इकागज |
साउन १४, २०७९ शनिबार १६:२३ बजे

काठमाडौँ- नेपालमा थप ४ सय ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ७९ पिसिआर परीक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टिजेन परीक्षणका क्रममा १ सय ४६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिडका कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ ।


त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x