कोभिड-१९

प्रदेश-२ मा थपिए ५६ कोभिड-१९ संक्रमित, ३ को मृत्यु

इकागज |
चैत ३१, २०७७ मंगलबार १९:३६ बजे

जनकपुरधाम : प्रदेश-२ मा एकैदिन  ५६ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । तीन जनाको मृत्यु भएको छ । गत पुस १२ गते पश्‍चात प्रदेशमा कोभिड संक्रमणबाट कसैको मृत्यु भएको थिएन् । तर एक्कासी ३ जनाको मृत्युको भएपछि नागरिकमा त्रसित बनेका छन् । 

तीन जनाको मृत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या २ सय १२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश-२ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद मण्डलले जानकारी दिए । बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ छाता पिपराका ३७ वर्षीय पुरुष र वीरगंज महानगरपालिका-३ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा र पर्साको कालिकामाई गाउँपालिका-२ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार भरतपुर अस्पताल चितवनमा मृत्यु भएको मण्डलले जानकारी दिए । 


पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी र नारायणी अस्पताल वीरगंजमा गरिएको परिक्षणमा पर्सामा ३८, सिरहामा ७, धनुषामा ४, बारामा ४, सप्तरीमा २ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै यस प्रदेशमा संक्रमितको संख्या १७ हजार ४ सय ३ पुगेको छ ।

प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ सय ९३ पुगेको छ । हाल पर्सामा १ सय १४, बारामा ३९, धनुषामा १९, सिरहामा ८, महोत्तरीमा ७, सप्तरीमा ३, सर्लाहीमा २ र रौतहटमा १ जना कोरोनाको सक्रिय संक्रमित छन् ।


Author

थप समाचार
x