थप दुई सय जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु
काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २०० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित रहेका छन् ।
यस्तै २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोभिड संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया