थप ६६ जनामा कोभिड संक्रमण
काठमाडौँ- नेपालमा थप ६६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परीक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टिजेन परीक्षणका क्रममा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १ सय ३७ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया