थप ५४ जनामा कोभिड संक्रमण
काठमाडौँ- नेपालमा थप ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परीक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया