थप ४९ जनामा कोभिड संक्रमण
काठमाडौँ- नेपालमा थप ४९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोभिडका कारण बिहीबार पनि थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित कोभिडमुक्त भएका छन् ।
हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया