भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु
काठमाडौँ: भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यचुरी पुत्र आशिषको बिहीबार बिहान मृत्यु भएको हो ।
आशिषको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । ३४ वर्षीय आशिष दुई साता अगाडिदेखि कोभिड-१९ को संक्रमणमा परेका थिए ।
‘मैले मेरो जेठो छोरा आशिषलाई आज बिहान गुमाएको छ । उ कोभिड-१९ सँग संघर्षरत थियो । उसको उपचारमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु,’ यचुरीले ट्वीटरमा लेखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया