थप २८ जनामा कोभिड संक्रमण
काठमाडौँ- नेपालमा थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार २ सय १९ पिसिआर परीक्षणका क्रममा २६ जना र ६ सय ६० एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिडका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १८ संक्रमित कोभिडमुक्त भएका छन् ।
हाल नेपालमा ५ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया