कोभिड-१९

थप १५ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक २१, २०७९ सोमबार १६:२५ बजे

काठमाडौँ- नेपालमा थप १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको ८ सय ८७ पिसिआर परीक्षणका क्रममा १५ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप ८ संक्रमित निको भएका छन् ।


हाल ५ सय ७७ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x