देशभर ५ सय ४६ जना सक्रिय संक्रमित
काठमाडौँ- नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोभिडमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया