देशभर ५ सय ३० जना काेभिडका सक्रिय संक्रमित
काठमाडौँ- नेपालमा थप ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ ।
कोभिडका कारण शनिबार पनि कसैको पनि मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया