कोभिड-१९

उपत्यकामा थपिए ९७३ कोभिड-१९ संक्रमित

इकागज |
कात्तिक २७, २०७७ बिहीबार १७:६ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा नौ सय ७३ कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौंमा सात सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा एक सय २६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएकामध्ये चार सय २८ महिला र पाँच सय ४५ पुरुष हुन् । 

उपत्यकाको काठमाडौँमा १७ हजार ४५ संक्रिय संक्रमित छन् । ५८ हजार ७ सय ४६ जना संक्रमणमुक्त भएका छन् भने दुई सय ९३ को मृत्यु भएको छ ।


भक्तपुरमा एक हजार २ सय ९२ सक्रिय संक्रमित छन् । ५ हजार ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।  

ललितपुरमा दुई हजार ५ सय १२ सक्रिय संक्रमित छन् । आठ हजार २ सय ८६ संक्रमणमुक्त भएका छन् भने ७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


 


Author

थप समाचार
x