सुदूरपश्चिमका थप ७२ जनामा कोभिड संक्रमण पुष्टि
धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक सय ८५ नमूना जाँच गर्दा ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा ४२ जना संक्रमितको उपचार भइरहेको छ । चार जनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखिएको छ । १० जनालाई अक्सिजन दिइएको छ । १८ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया