थप ९ जनामा कोभिड संक्रमण
काठमाडौँ- नेपालमा २४ घन्टामा थप ९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर ८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिडका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ७२ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया