भारतमा कोभिड-१९ संक्रमण रोक्न तत्काल पूर्णलकडाउन गर्नुपर्छ : डा. फौची
काठमाडौँ : अमेरिकी वरिष्ठ चिकित्सकले भारतमा फैलिएको कोभिड-१९ संक्रमण रोक्न तत्काल पूर्णलकडाउन मुलुकभर लगाउन पर्ने सुझाव दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकारसमेत रहेका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले यस्तो सुझाव दिएका हुन् । उनले दी इन्डिएन एक्सप्रेससँग कुरा गर्दै भारतको अवस्थाबारे चिन्ता जाहेर गरेका छन् ।
फैलदो संक्रमण तोड्नका लागि नयाँ दिल्लीले मुलुक भर केही हप्ता लकडाउन गर्न आवश्यक रहेको सुझाव उनको छ । लकडाउन राम्रो कुरा त होइन र कुनै मुलुकले पनि गर्न चाँहदैन तर संक्रमणको डरलाग्दो फैलावट रोक्ने त्यो मात्र उत्तम विकल्प रहेको भन्दै उनको सुझाव छ ।
कोभिड संक्रमण रोक्ने विषय राजनीतिक मुद्दा बनाउछन् या के गर्छन् त्यो थाहा नभएको भन्दै आफूले चिकित्सकको तबरबाट सुझाव दिएको उनले बताए । अमरिकी चिकित्सक फौचीले भारत अत्यन्तै कठिन र निराशाजनक अवस्थामा रहेको पनि बताए । यस्तो अवस्थामा नेतृत्वले तत्काल निर्णय लिएर नागरिकको स्वास्थ्यको बारेमा सोच्चुपर्ने पनि बताए ।
कोभिडविरुद्धको खोप लगाइए पनि त्यसको असर देखिन केही समय लाग्ने हुँदा भारतले अहिलेलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्नेमा ध्यान दिनुपर्ने थियो । अहिले अस्पतालमा अक्सिजन अभाव, बेड अभाव जस्ता समस्यालाई खोपले काम नगर्ने हुनाले त्यसतर्फ ध्यान नदिँदा यो अवस्था आएको संकेत उनको थियो । यद्यपि उनले खोप एउटा उपाय हुन सक्ने पनि बताए ।
भारतले कतिपय कामको लागि अन्य मित्र मुलुक र विश्व स्वास्थ्य संगठनको सहयोग लिनुपर्ने पनि उनले बताए । भारतलाई सहयोग गर्न अन्य मुलुक उत्तिकै लागि परेको भन्दै यसमा ध्यान दिएर भारत अग्रसर हुनुपर्छ । चीनले कोभिड संक्रमण रोकथामका लागि अपनाएको उपाय पनि प्रभावकारी रहेको भन्दै डा. फौचीले यसमा पनि भारतले सोच्न पर्ने बताए । चीनले विश्वलाई चकित पार्दै अस्पताल निर्माण देखि अनेकन उपाए गरेर आफ्ना नागरिक बचाएको विषयलाई कम आंकलन गर्न नहुने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया