कोभिड-१९

सांसद श्रेष्ठलाई कोभिड-१९ संक्रमण

इकागज |
बैशाख १८, २०७८ शनिबार १९:२३ बजे

दमौली  : तनहुँ-१ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोभिड-१९ भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको पीसीआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

कोभिड संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनले बताए । कोभिड संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन् । (रासस)
 



Author

थप समाचार
x