सुदूरपश्चिममा थपिए २४१ कोभिड-१९ संक्रमित
धनगढी : सुदूरपश्चिममा थप दुई सय ४१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पाँच सय ५२ नमूना परीक्षण गर्दा दुई सय ४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै एक सय १३ जना छन् । यस्तै धनगढीबाहेक कैलालीका ९१ जना र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
हाल अस्पतालमा ५९ जना कोभिड संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया