भारतमा कोभिड-१९ संकट
भारतका कुन-कुन राज्य महामारीबाट धेरै प्रभावित छन् ?
भारतमा कोभिड १९ बाट मृत्यु भएकाहरुको अन्तिम संस्कार गरिदैं । तस्बिरः सीएनबीसीबाट साभार
काठमाडौँ : भारतको पश्चिम बंगाल राज्यमा महामारीकै दोस्रो लहरबीच भर्खरै निर्वाचन सम्पन्न भएको छ । पश्चिम बंगालमा फेला परेको भनिएको डबल म्युटिसन सहितको कोरोना भाइरस (बी१६१७) विश्वका अन्य मुलुकमा पुग्न नदिन भन्दै धेरै देशले भारतसँग हवाइ उडान समेत बन्द गरेका छन् । पश्चिम बंगाल राज्यमा मात्र सवा लाख सक्रिय संक्रमितहरू रहेका छन् । जति धेरै सक्रिय संक्रमित त्यति बढी व्यक्तिहरू संक्रमित हुने सम्भावना धेरै छ ।
भारतमा कोभिड–१९ संक्रमितहरूको मृत्यदर पनि उच्च छ । भारतमा निर्वाचन, सभासम्मेलन, कुम्भमेला लगायतका गतिविधि सुपरस्प्रेडर भएको बताइन्छ, जसका कारण भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहर आएको हो । भारतमा दैनिक चार लाख हाराहारीमा संक्रमण बढीरहेको छ । सोमबार भारतमा तीन लाख ७० हजार संक्रमित भएको र तीन हजार चार सयको मृत्यु भएको सरकारी तथ्यांक छ ।
भारतमा स्वास्थ्य प्रणालीले नधान्नेगरी संक्रमितहरुको चाप बढेको छ । अक्सिजन र उपचारको अभावमा धेरै संक्रमितहरुको मृत्यु भएको विकराल अवस्थाले भारततर्फ विश्व समुदायको ध्यान तानिएको छ । विज्ञहरूले भारतमा देखापरेको महामारीको यो संकटलाई खोप (भ्याक्सिन)ले मात्र समाधान गर्न नसक्ने बताएका छन् । भारतको यो संकट नियन्त्रणका लागि त्यहाँ केही साता पूर्ण बन्दाबन्दीले मात्र संक्रमणको साङ्लो चुँडाउन (चेन ब्रेक) गर्न सक्ने बताइएको छ । अमेरिकी संक्रामक रोग विशेषज्ञ एवं राष्ट्रपति जो बाइडनका प्रमुख एन्थोनी फाउचीले संक्रमणको डरलाग्दो फैलावट रोक्न देशभर पूर्ण रूपमा बन्दाबन्दी गर्नु नै प्रमुख विकल्प रहेको बताएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया