कोभिड-१९

धरानमा सप्तरीका कोभिड संक्रमितको मृत्यु

इकागज |
बैशाख २१, २०७८ मंगलबार १०:१९ बजे

काठमाडौँ : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ५० वर्षीय कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलबार सप्तकोशी नगरपालिका-१ का पुरुषको बिहान ५:१५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई १३ गते कोभिड पुष्टि भएको थियो र सोही प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनलाई दीर्घ रोगी थियो र उपचाररत थिए ।


योसँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय ३१ पुगेको छ । यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय ६२ को मृत्यु भइसकेको छ ।


Author

थप समाचार
x