कोभिड-१९

मंगलबारमात्रै बागमती किनारमा ३४ संक्रमितको शव जलाइयो

इकागज |
बैशाख २१, २०७८ मंगलबार २०:२१ बजे

काठमाडौँ : पछिल्लो केही साता यता मुलुकमा कोभिड संक्रमितको मृत्युले दिन प्रतिदिन रेकर्ड कायम गर्न थालेपछि अन्त्यष्टिका लागि खुला मैदानको खोजी गर्न थालिएको छ। आज (मंगलबार) मात्र ५५ संक्रमितको मृत्यु भयाे ।

पशुपति क्षेत्र विकास कोषले संक्रमितको मृत्यु बढ्न थालेपछि अन्त्येष्टि गर्न वैकल्पिक स्थानको खोजी गरेको छ। यसअघि थोरै संख्यामा मृत्यु भएकालाई अस्पतालबाट सिधा ल्याइ विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिन्थ्यो ।  


सोमबारबाट शवदाह गृह परिसरमा शवको चाप बढन थालेपछि विकास कोषले वैकल्पिक स्थानको खोजी गरी संक्रमितको शव अन्त्येष्टि गर्न बागमतीको किनारामा रहेको खुला स्थानको प्रयोग गर्न थालेकाे विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

खुला स्थानमा शव जलाउन थालिएको भोलिपल्टै पुनः खुला स्थान र विद्युतीय शवदाह गृहमा गरी ३४ शवको अन्त्येष्टि गरिएको उनले जानकारी दिए । 'नेपाली सेनाको टिम र कोषका कर्मचारी मिली अन्त्येष्टि गरिरहेक छन,' ढकाल भन्छन्,'  शवको संख्या अनुसार स्थान निर्माण गरी अन्त्येष्टि गर्न सहयोग गर्नेछौं।'

महामारीको समयमा राज्यप्रति सबैले कर्तव्य निर्वाह गर्नुपर्ने भएकाले संक्रमितको शव अन्त्येष्टि गर्न बागमती किनारालाई छनौट गरिएको ढकालको भनाइ छ । संक्रमितको शव अन्त्येष्टि गर्न दाउरा निशुल्क उपलब्ध गराइएको उनले बताए ।

संक्रमितको शव अन्त्येष्टि गर्न लाइन बस्नुपर्ने बाध्यता हटाउन खुला स्थानमा अन्त्येष्टि गरिएको ढकालको दाबी छ। विकास कोष पनि राज्यको भएकाले अन्त्येष्टि गर्न सहयोग गरिएको उनले इकागजलाई उनले सुनाए ।


Author

थप समाचार
x