कोभिड-१९

सुदूरपश्‍चिममा १८५ जनाको परीक्षण गर्दा १२१ जनामा संक्रमण

इकागज |
बैशाख २२, २०७८ बुधबार १६:१० बजे

धनगढी : सुदूरपश्‍चिममा थप एक सय २१ जनामा कोभिड भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ८५ नमूना परीक्षण गर्दा एक सय २१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ८७ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका १८ जना र अन्य जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना निको भइ घर फर्किएका छन् भने थप १६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


Author

थप समाचार
x