कोभिड-१९

उपत्यका थपिए ३९७२ संक्रमित

इकागज |
बैशाख २३, २०७८ बिहीबार १७:५० बजे

काठमाडौँ : काठमाडौँ उपत्यकामा ३९ सय ७२ कोभिड-१९ का संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार एक सय सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या  ३२ हजार ४ सय ५२ पुगेको छ । काठमाडौंँमा १ लाख ३६ हजार ४ सय ६७, भक्तपुरमा १२ हजार ८ सय ७१ र ललितपुरमा २२ हजार ६ सय ५३ कुल संक्रमित पुगेका छन् । त्यसैगरी मृतकको संख्या १२ सय ४ पुगेको छ ।  



Author

थप समाचार
x