स्वास्थ्य मन्त्रालयले भन्यो : चिकित्सकसँग सल्लाह गरेर मात्रै औषधि सेवन गर्नू
अस्पतालमा भर्ना भएका जटिल संक्रमिलाई बाहिर नलैजानू
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका र अन्य सामान्य नागरिकले चिकित्सको सल्लाह बमोजिम औषधि सेवन गर्न आग्रह गरेको छ । अस्पतालमा भर्ना भएका जटिल संक्रमितलाई अन्यत्र नलानलाई पनि मन्त्रालयले अनुरोध गरेको छ ।
अन्य अस्पतालमा पठाउनु पर्ने भएमा उपचार हुने सुनिश्चित र चिकित्सकसँग समन्वय गरेर मात्र पठाउनलाई मन्त्रालयले निर्देशन दिएको छ । कठिन अवस्था आएकाले सहकार्य र समन्वय गरी स्वास्थ्यको रक्षा र उपचारमा जुटनुपर्ने मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
चिकित्सकले पनि आधिकारीक र प्रामाणिक कामकुराहरू गराउनलाई उनले निर्देशन स्वास्थ्यकर्मीको सल्लाह बमोजिम स्वास्थ्यसम्बन्धी गतिविधि गर्न र अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया