कोभिड-१९

बाँकेमा थप आठ संक्रमितको मृत्यु

इकागज |
बैशाख २६, २०७८ आइतबार ११:३ बजे

फाइल तस्बिर

बाँके  : बाँकेका अस्पतालमा उपचाररत थप आठ  सङ्क्रमितको गएराति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार बढैयाताल गाउँपालिका-१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका-२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका-५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका-१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्‍ज उपमहानगरपालिका-२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 


यसैगरी लम्कीचुहा नगरपालिका-१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका-६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्‍ज उपमहानगरपालिका-११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ । (रासस)
 


Author

थप समाचार
x