कोभिडले थप ८८ जनाको मृत्यु, ८,८५० जना संक्रमित
काठमाडौँ : नेपालमा थप ८ हजार ८५० जनामा कोभिड १९ संक्रमण देखिएको छ । देशभर गरिएको १८ हजार ७८७ जनाको पीसीआर परीक्षणमा ८ हजार ७७७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोभिड १९ पोजेटिभ रिर्पोट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड संक्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।
त्यस्तै थप ८८ जनाको कोभिडका कारण मृत्यु भएको छ । जसमध्ये ५२ जनाले गएको २४ घण्टामा ज्यान गुमाएका छन् । यो संगै नेपालमा तीन हजार सात सय २० जनाको कोभिडका कारण हालसम्म ज्यान गएको छ ।
त्यस्तै थप चार हजार २२ जना कोभिडमुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख दुई हजार सात सय ८७ जना संक्रमणमुक्त भएका छन् । हाल ८८ हजार १६० सक्रिय संक्रमित आइसोलेशनमा र ४१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ३४ हजार ५०४ वटा पीसीआर गरिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया