सुदूरपश्चिममा एकैदिन ३२ जनामा कोभिड पुष्टि
फाइल फोटो
कैलाली - सुदूरपश्चिम प्रदेशमा बुधबार एकै दिन ३२ जनामा कोभिड- १९ को संक्रमण पुष्टि भएको छ।
९ सय ९ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २६ जना र ३८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा ६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २४ जना कैलालीका, २ जना कञ्चनपुर र ६ जना बैतडी जिल्लाका रहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया