थप १०६ जनामा कोभिड संक्रमण
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा १०६ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।
बिहीबार अपराह्न मन्त्रालयले सार्वजनिक गरेकाे विवरणअनुसार पछिल्लाे २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा काेभिड संक्रमण पुष्टि भएकाे हाे । जसअनुसार ५४१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ४२ जनामा काेभिड संक्रमण देखिएकाे छ ।
याेसँगै सक्रिय संक्रमितकाे संख्या ४३५ पुगेकाे छ । पछिल्लाे २४ घण्टा ७४ जनामा काेभिड मुक्त भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया