थप १३६ जनामा कोभिड संक्रमण
काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
१ हजार ४२४ नमुनामध्ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोभिड संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
साेही क्रममा कोभिडका संक्रिय संख्या ४०१ पुगेकाे छ भने ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया