कोभिड-१९

सोमबार कोभिडबाट १३९ को मृत्यु, ९,२७१ जना संक्रमित थपिए

इकागज |
बैशाख २७, २०७८ सोमबार १८:५० बजे

फाइल तस्बिर

काठमाडौँ ः सोमबार कोभिड संक्रमणका कारण १३९ को मृत्यु भएको छ। कुल मृत्यु ३ हजार ८ सय ५९ जना छन् । १८ हजार ४ सय ११ जनाको परीक्षण गर्दा  ९ हजार २ सय ७१ जनामा कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ६ हजार ७ सय ९४ जना संक्रमणमुक्त भइसकेका छन् । मुलुकभर कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेका छन् ।



Author

थप समाचार
x