सुनसरीको विपी कोभिड उपचार केन्द्रमा दुई संक्रमित पुरुषको मृत्यु
काठमाडौँ : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा दुई संक्रमति पुरुषको मृत्यु भएको छ । मोरङ, विराटनगर महानगरपालिका -१४ का ४८ वर्षीय पुरुष र सुनसरी कोशी गाउँपालिका १ का ४२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
दुवै कोभिड संक्रमितको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता चुडामणी पोखरेलले जानकारी दिए ।
प्रतिष्ठानमा उपचाररत सुनसरीका पुरुषलाई १२ गते कोभिड देखिएकाले सोही दिन अस्पताल भर्ना भएका थिए । त्यसैगरी, विराटनगरका पुरुषलाई २७ संक्रमण देखिएकाले सोही दिन भर्ना गरिएको सह-प्रवक्ता पोख्रेलले बताए । मृतक दुवै संक्रमितलाई दीर्घ रोग रहेको थियो ।
प्रतिष्ठानमा हालसम्म कोभिड संक्रमणका कारण १ सय ४४ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया