कोभिड-१९

सल्यान अस्पतालले भन्यो : सिमित अक्सिजन सिलिण्डर छ, संक्रमितले बेड भरियो

इकागज |
बैशाख २८, २०७८ मंगलबार १७:४७ बजे

काठमाडौँ :  सल्यान अस्पतालमा कोभिड संक्रमितले बेड भरिएकाले फोन सम्पर्क गरेर मात्र आउन आग्रह गरेको छ । ३६ जना संक्रमित नियमित उपचारमा रहेकाले  १६ वटा बेड भरिभराउ रहेको सल्यान स्वास्थ्य कार्यालयले जनाएको छ ।

 'सिमित अक्सिजन सिलिन्डर  भएकाले र रिफिल गर्न नेपालगञ्‍ज जानुपर्ने  तथा रिफिल नहुने समस्या भइरहेकाले बिरामीलाई ल्याउनु पूर्व फोन सम्पर्क गरेर मात्र ल्याउन अनुरोध गरिएको छ,' अस्पतालले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ । 



Author

थप समाचार
x