कोभिड-१९

सुदूरपश्‍चिममा ३१ जना कोभिड-१९ संक्रमितको मृत्यु

इकागज |
बैशाख २८, २०७८ मगलवार १९:५३ बजे

फाइल तस्बिर

धनगढी : सुदूरपश्‍चिम प्रदेशमा पछिल्लो २४  घण्टामा ३१ जना कोभिड-१९ संक्रमितको मृत्यु  भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका १९ र पीसीआरमा संक्रमण पुष्टि भएका १२ जना गरि ३१ जनाको मृत्यु भएको हो । 

योसँगै प्रदेशमा पछिल्लो ११ दिनमा मात्रै एक सय ६६ जना संक्रमितको मृत्यु भएको छ ।


यस्तै प्रदेशमा आज ८ सय १८ जनामा कोभिड पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या २५ हजार सात सय पुगको छ भने ६ हजार बढी सक्रिय संक्रमित छ्न् ।


Author

थप समाचार
x