कोभिड-१९

लुम्बिनीमा ३१ संक्रमितको मृत्यु

इकागज |
बैशाख २८, २०७८ मंगलबार २०:२० बजे

फाइल तस्बिर

रुपन्देही : कोभिड-१९ सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाको मृत्यु भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्‍न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुासर मृत्यु भएकामध्ये आठ जना  रुपन्देहीका छन् । 


दाङमा बितेको २४ घण्टामा १७  कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्‍चालन केन्द्रका अनुसार आज मृत्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एक/एक  छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र  होम आइसोलेशनमा बसेका पाँच जना छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एक/एक जनाको मृत्यु भएको  केन्द्रले जनाएको छ । 
 (रासस)
 


Author

थप समाचार
x